अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सूर्यविनायकमा अब मेलम्चीको पानी ल्याइने

सूर्यविनायकमा अब मेलम्चीको पानी ल्याइने


काठमाडौ- तिव्र रुपमा आन्तरिक बसाँइसराई भइरहेको भक्तपुर स्थित सूर्यविनायक नगरपालिकामा खानोपानी समस्या समाधानका लागि नयाँ पहल सुरु भएको छ । नगरपालिका र काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)बीच मेलम्चीको पानी यस नगरका कम्तीमा छ वटा वडामा वितरण गर्ने सम्झौता भएको छ ।

सूर्यविनायक नगरपालिका क्षेत्रमा खानेपानीको चरम अभावलाई कम गर्न वडा नं. १ देखि ६ सम्म पाण्डुबजारमा रहेको मेलम्ची खानेपानी रिजर्भ ट्याङ्कीबाट पानी वितरण गर्नेगरी केयुकेएल र नगरपालिकाबीच सहमति पत्रमा हस्ताक्षर भएको छ ।

नगरपालिकाको तर्फबाट नगर प्रमुख वासुदेव थापा र उपप्रमुख सरिता तिम्सिना भट्टराई तथा केयुकेएलका तर्फबाट उपकार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्की र खानेपानी सञ्चालन महाशाखाका प्रमुख रमेश केसीबीच शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
केयूकेएलले यथासम्भव चाँडो सूर्यविनायकमा पानी वितरण गर्ने प्रतिवद्धता जनाएको छ ।