अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युट्युब, टिकटक र फेसबुकसँग टिभीले डराउनुपर्दैन: अध्यक्ष ओली

युट्युब, टिकटक र फेसबुकसँग टिभीले डराउनुपर्दैन: अध्यक्ष ओली


बुटवल – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युट्युब, टिकटक र फेसबुक लगायत सामाजिक सञ्जालसँग टेलिभिजनहरु डराउन नपर्ने बताउनु भएको छ।

बुधबार बुटवलमा लुम्बिनी सामुदायिक टेलिभिजनको १७औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष ओलीले टेलिभिजनकै सूचना र समाचार सामग्रीहरु युट्युब र टिकटकमा आउने गरेको बताउनु भयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘टेलिभिजनहरु युट्युब, टिकटक, फेसबुक आदिसँग तर्सिएको देख्छु । उनीहरुले टेलिभिजनकै समाचार सामग्री प्रयोग गरेका हुन्छन् । तिनीहरु व्यक्तिगत ढंगले चलेका हुन् । टेलिभिजनहरु टीमवर्कमा चलेका हुन्छन् । सामुहिकतामा आधुनिक प्रविधि प्रयोग गर्दै इमान्दार भएर काम गरे व्यक्तिले चलाउने युट्युब, टिकटक र फेसबुकसँग डराउन हुँदैन ।’

२०४६ को परिवर्तनपछि सञ्चार जगतले व्यापकता लिएको उल्लेख गर्दै ओलीले ग्यालेक्सी प्रविधि अझै नेपालमा आइनसकेको बताउनु भयो ।