अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नाराबाजी सहित मिटरव्याजी बालुवाटार प्रवेश

नाराबाजी सहित मिटरव्याजी बालुवाटार प्रवेश


काठमाडौं- सडक संघर्ष गरिरहेका मिटरव्याज पिडितहरु नाराजुलुस सहित बालुवाटार प्रवेश गरेका छन् ।
केही दिनदेखि काठमाडौंका सडकमा संघर्ष गरिरहेका मिटरब्याज पीडितलेअहिले बिहान बालुवाटारमा प्रवेश पाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले भेट्न बोलाएपछि आज बिहानै मिटरब्याज पीडित उनको सरकारी निवास बालुवाटर प्रवेश गरेका हुन ।
प्रधानमन्त्री निवास प्रवेश गर्दा पनि उनीहरूले मिटरब्याजी पीडितलाई न्याय देऊ भन्दै नाराबाजी गरेका थिए ।

सरकारले न्याय माग्न काठमाडौं आएका पीडितसँग वार्ता गर्नका लागि समिति बनाएको छ । पछिल्लो पटक शुक्रबार गृहमन्त्रालयमा भएको वार्ता सहमति नजिक पुगेको छ ।
पुन वार्ता गरेर सहमति गर्ने तय भए पनि आज दिउँसोसम्मका लागि भने वार्ता स्थगित गरिएको छ । प्रधानमन्त्रीले पीडितलाई भेट्ने समय तय भएकोले त्यसपछि मात्रै अर्को चरणको वार्ताको टुंगो हुनेछ ।

मिटरब्याज पीडित आन्दोलित भएपछि शुक्रबारमात्रै धनुषाबाट तीन जना मिटरब्याजी पक्राउ परेका थिए ।