अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालुवाटारमा गोली चल्दा वर्षमान पुनकी आमा घाइते, गोली चलाउने हवल्दार प्रहरी नियन्त्रणमा

बालुवाटारमा गोली चल्दा वर्षमान पुनकी आमा घाइते, गोली चलाउने हवल्दार प्रहरी नियन्त्रणमा


काठमाडौँ-काठमाडौँस्थित बालुवाटारमा गोली चलेको छ । बालुवाटारमा रहेको नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनका दाइको घरमा गोली चलेको हो । 

प्रहरीका अनुसार शुक्रबार राति साढे ९ बजे गोली चलेको हो । प्रहरीका अनुसार खुट्टामा गोली लागेकी पुनकी आमाको ट्रमा सेन्टरमा उपचार हुँदै छ ।

गोली चलाउने प्रहरीलाई राति १ बजे नियन्त्रणमा लिइएर प्रहरी प्रधान कार्यालयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार गोली चलाउने व्यक्ति कामु प्रधानन्यायाधीशको सुरक्षामा खटिएका प्रहरी हुन् । गोली चलाउने प्रहरी हवल्दार प्रकाश पुन मगर नेता पुनका नातेदारसमेत हुन् ।