रुपन्देही – रुपन्देहीको सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेको घरमा प्रेसर कुकर बम फेला परेको छ।
नेपाली कांग्रेस रुपन्देहीका उपसभापति समेत रहेका अध्यक्ष घिमिरेको सियार-६ स्थित घरको पछाडिपट्टि राखिएको बम आज बिहान फेला परेको हो ।
बम फेला परेपछि अध्यक्ष घिमिरेले सुरक्षा निकायलाई खबर गरेपछि दिउसो १२ बजेतिर नेपाली सेनाको टोलीले बम डिस्पोज गरेको छ।
जिल्ला प्रहरी कार्यलय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालका अनुसार सिमेन्टको बोराभित्र हालेर बम राखेको ठाउँमा मधेश पिपुल्स पार्टीको नाममा पर्चाहरु भेटिएको छ ।






प्रतिक्रिया