अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले महाबिपत्तिमा जसरी काम गर्नुपर्छ: महामन्त्री थापा

सरकारले महाबिपत्तिमा जसरी काम गर्नुपर्छ: महामन्त्री थापा


काठमाडौं सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले महाविपत्तिमा जसरी काम गर्नुपर्ने बताउनुभएको छ।

महामन्त्री थापाले प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, प्रदेशमन्त्रीदेखि स्थानीय तहका वडाध्यक्षले समेत महाविपत्तिको बेलामा जस्तो सोचेर काम गर्नुपर्ने बेला आएको बताउनुभएको हो। 

नेपाली कांग्रेस मकवानपुर–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले मुलुक सङ्कटमा रहेको बेला सरकारले त्यसलाई महसुस गरेर परिणाम दिने गरी काम गर्नुपर्ने स्पष्ट पार्नुभयो। महामन्त्री थापाले सुझबुझपूर्ण ढङ्गले काम नगरे मुलुक झनै सङ्कटमा पर्दै जानेतर्फ पनि सरकारलाई सचेत गराउनुभयो। 

सरकारले राम्रो काम गर्दै गए तीन/चार महिना भित्रै मुलुक सम्हालिँदै जाने उहाँको भनाइ थियो। महामन्त्री थापाले भन्नुभयो, ‘प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, चाहे त्यो प्रदेशको मन्त्री होस्। चाहे त्यो नगरको मेयर होस् वा चाहे त्यो वडाध्यक्ष होस्। चाहे त्यो देशमन्त्री, प्रधानमन्त्री होस्। उसको सोच्ने तरिका भनेको नेपालमा अहिले महाविपत्ति आएको छ। सङ्कटको बेला छ। युद्धको बेलामा जस्तो सोच्ने हुनु पर्दछ। उसलाई भ्याईनभ्याई हुनु पर्दछ। त्यो अप्ठ्यारो उसले महसुस गर्न सक्नुपर्छ। अनिमात्रै परिणाम दिन सकिन्छ।’

Skip This