काठमाडौँ । वैशाख १ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘बुलाकी’ हलबाट उतार्ने भएको छ । पर्याप्त शो नपाएपछि ‘बुलाकी’ हलबाट उतार्ने निर्माता बिराज विष्टले घोषणा गर्नुभएको हो ।
उहाँले आजबाटै प्रदर्शनरत सबै हलबाट चलचित्र फिर्ता लिएको घोषणा गर्नुभएको छ । अब चलचित्र दर्शकको माग अनुसार परिस्थिति हेरेर प्रोजेक्टरबाट चोकचौतारामा देखाउने निर्माण पक्षले बताउनुभयो ।
उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ,‘बुलाकी’ चलचित्र हेरिसक्नु भएका सम्पूर्ण दर्शकहरूमा मनैदेखि आभार प्रकट गर्दछौं । हाम्रो चलचित्र हेर्न बाँकी सम्पूर्ण दर्शकहरूलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै भोलि आइतबारबाट प्रदर्शनरत सबै हलबाट चलचित्र फिर्ता लिएको घोषणा गर्दछौं । सम्पूर्ण दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाएको फिल्मलाई चौतर्फी घेराबन्दी गरि जसरी निर्माता डुबाउने खेल खेलियो यो हामी बिल्कुल मान्न तयार छैनौं ।’
उहाँले हलबाट चलचित्र निकाल्नुको कारण समेत उल्लेख गर्नुभएको छ ।






प्रतिक्रिया