काठमाडौँ-बाक्लो तुवाँलोका कारण पोखरासहित तीन आन्तरिक गन्तव्य पूर्ण रूपमा प्रभावित भएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए)का अनुसार पोखरा, भरतपुर र तुम्लिङटारको उडान प्रभावित भएको हो ।
काठमाडौँको मौसम उडानयोग्य भएपनि अवतरण गर्ने पोखरा, भरतपुर र तुम्लिङटारको भिजिबिलिटी कम भएकाले उडान गर्न नसकिएको टीआएको एटीसी टावरले जानकारी दिएको छ ।




प्रतिक्रिया