अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान


काठमाडौं – यही वैशाख १० गते प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न राष्ट्रपतिबाट स्वीकृति प्रदान भएको छ। 

तनहुँ, बारा र चितवनका तीनवटा निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनमा सेना परिचालन गर्न मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति प्रदान गर्नुभएको हो। 

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ- ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्वत् २०८० साल वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न “एकीकृत सुरक्षा कार्य योजना, २०७९” मा व्यवस्था भए अनुसार सुरक्षा निकायहरूबीच एकीकृत तथा समन्वयात्मक रूपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषद्को मिति २०७९/१२/२८ को सिफारिसका आधारमा मन्त्रिपरिषद्को मिति २०७९/१२/२८ को निर्णय तथा सम्माननीय प्रधानमन्त्रीज्यूको मिति २०७९/१२/३० को पत्रको आधारमा सम्वत् २०८० साल वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा २ बमोजिम स्वीकृति प्रदान गर्नुभएको छ ।’

Skip This