अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘शान्ति प्रक्रिया’ प्रचण्डको मागीखाने भाँडो हो: योगेश भट्टराई

‘शान्ति प्रक्रिया’ प्रचण्डको मागीखाने भाँडो हो: योगेश भट्टराई


काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले शान्ति प्रक्रिया प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मागीखाने भाडो भएको बताउनुभएकाे छ।

आज आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले प्रचण्ड पटक-पटक सत्तामा पुगे पनि शान्ति प्रक्रिया टुङ्ग्याउने विषयमा कुनै प्रयास नगरेको टिप्पणी गर्दै प्रचण्डले मागीखाने भाँडो भएको बताउनुभयाे।

संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयलाई पनि सदनमा नल्याई बाहिरैबाहिरैबाट टुङ्ग्याउन खोजिएको बताउँदै भट्टराईले शान्ति प्रक्रिया प्रचण्डको मागीखाने भाँडो मात्रै भएको बताउनुभयाे । सचिव भट्टराईले प्रचण्ड सरकारमा गएपछि शान्ति प्रक्रिया टुङ्ग्याउने विषयलाई कहिल्यै पनि प्राथमिकता दिन नसकेको जिकिर गर्नुभयो।

यस्तै, उहाँले वर्तमान सरकारसँग संसद चलाउने योजना नै नरहेको आरोप लगाउनुभयाे। संसदलाई सरकारले बिजनेज दिने भए पनि अहिलेको सरकारसँग संसद चलाउने योजना नै नरहेको उहाँकाे आरोप थियाे।