दाङ -दाङ तुलसीपुर कारागारमा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैंलाई गोली हानेका छन्।
हिजो बेलुकी कारागारको सुरक्षामा खटिएका तुलसीपुर ८ टिकरीका ३५ वर्षीय वशन्त केसीले आफैंलाई गोली हानेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले बताउनुभयो।
बेलुकी ८ः४० बजेतिर केसीले डीयूटीमै रहेको हतियारबाट कन्चडमा गोली हानेका हुन्। उनको घटनास्थलमै ज्यान गएको छ।
४८ नम्बर रिजर्भ गुल्म कपिलवस्तुमा कार्यरत केसीलाई केहीदिन अघिमात्रै कारागार सुरक्षामा खटाइएको थियो।
घटनाबारे थप अनुसान्धन गर्ने डीएसपी गौतमले जानकारी दिनुभयो।




प्रतिक्रिया