अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जन्मदिनको पार्टीमा गोलाबारी, ४ जनाको मृत्यु, २८ जना घाइते

जन्मदिनको पार्टीमा गोलाबारी, ४ जनाको मृत्यु, २८ जना घाइते


अलाबामा-अमेरिकाको अलाबामा राज्यमा भएको गोलीकाण्डमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । 

स्थानीय सञ्चारमाध्यमका अनुसार शनिबार राति स्थानीय समयअनुसार १०ः३० बजे डेडेभिल सहरमा एउटा जन्मदिनको पार्टीमा गोली चलेको थियो ।

अलाबामाका गभर्नर केभ आइभीले यसबारे ट्विटरमा लेखेका छन्, ‘आज बिहान, म डेडेभिलका जनता र अलाबामाका मेरा सहकर्मीहरूसँग शोकमा छु। हाम्रो राज्यमा हिंसाको कुनै ठाउँ छैन।’  डेडेभिल पुलिस र हाईस्कूल फुटबल टोलीका लागि धर्मगुरुको रूपमा सेवा गरेका बेन हेसले मारिने अधिकांश किशोर किशोरी रहेको बताए।

उनले भने, ‘मारिएका युवा हाम्रा स्टार खेलाडीमध्येका एक थिए । उनी धेरै राम्रो मान्छे थिए। मैले यी धेरै विद्यार्थीहरूलाई चिनेको थिएँ। डेडेभिल एउटा सानो सहर हो र यो घटनाले यहाँ सबैलाई असर गर्नेछ।’ लगभग ३२ सय जनसङ्ख्या भएको यो सहर अलाबामा को पूर्वी भागमा तल्लापोसा काउन्टीमा रहेको छ।

अमेरिकामा शनिबार केन्टकी राज्यको लुइसभिलको एउटा पार्कमा गोली चलेको अर्को घटना भएको छ । उक्त घटनामा दुई जनाको मृत्यु भएको र चारजना घाइते भएको समाचार छ ।

Skip This