अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुग्लिन बजारमा धर्ना बसेका लघुवित्त पीडितमाथि प्रहरीद्वारा अश्रुग्याँस प्रहार

मुग्लिन बजारमा धर्ना बसेका लघुवित्त पीडितमाथि प्रहरीद्वारा अश्रुग्याँस प्रहार


मुग्लिन-आइतबार बिहानदेखि मुग्लिन बजार चोकमा राजमार्ग छेकेर धर्ना बसेका लघुवित्त पीडितहरुमाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ।

प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि प्रदर्शनकारीहरु तितरबितर गराउन प्रहरीले दुईसेल अश्रुग्याँस प्रहार गरेको थियो । अश्रुग्याँस प्रहारपछि भीड तितरबितर भएको छ भने एकजना घाइते भएका छन् । उनको स्थानीय हाइवे अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

लघुवित्त पीडितहरुले सोमबार बिहान १० बजेदेखि पृथ्वीराजमार्ग छेकेर प्रदर्शन गरिरहेका थिए । राजमार्गमा धर्नाका कारण मुग्लिन हुँदै काठमाडौँ, पोखरा, चितवन जाने यात्रुहरुलाई सास्ती भएको थियो ।

विभिन्न जिल्लाबाट आएका प्रदर्शनकारीहरु आइतबारदेखि सडकमै पकाउने, खाने, सडकमै सुत्ने गरेका छन् ।