काठमाडौं – संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयकबारे छलफल गर्न सत्ता साझेदारका पाँच दलको बैठक सुरु भएको छ। सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाँच दलको बैठक जारी रहेको हो।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरू सहभागी हुनुहुन्छ । संसदमा विचाराधीन रहेको टीआरसीसम्बन्धी विधेयकलाई फास्ट ट्र्याकमा चालू अधिवेशनबाटै पारित गराउने विषयमा छलफल हुने जनाइएको छ।
टीआरसी विधेयकमा सहमति जुटाउन प्रधानमन्त्री प्रचण्डले सक्रिय देखाउनु भएको छ । यसअघि सोमबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा प्रमुख तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको थियो ।






प्रतिक्रिया