अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज सुनको मूल्य १ लाख १० हजार कायम

आज सुनको मूल्य १ लाख १० हजार कायम


काठमाडौँ-मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिनकै मूल्य कायम हुँदै आज पनि छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको हो ।

यतै तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्य कायम हुँदै आज प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

यता चाँदीको मूल्य भने आज प्रतितोला १५ रुपैयाँले घट्दै एक हजार ४३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।