अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय सभा बैठक स्थगित

राष्ट्रिय सभा बैठक स्थगित


काठमाडौं – सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक स्थगित भएको छ। आज (मङ्गलबार) दिउँसो २ बजेर ३१ मिनेटमा बस्ने भनिएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो ।

सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले आजको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रिय सभाको नियमावली अनुसार नै अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी दिनुभयो।

महासचिव गौतमले जारी गर्नुभएको सूचनामा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको निर्देशनमा बैठक स्थगित गरिएको उल्लेख छ । ‘‘सभाको बैठक अर्को सूचनाबाट तोकिने दिन र समयमा बस्ने गरी सम्माननीय अध्यक्षज्यूले निर्धारण गर्नुहुने ब्यहोरा माननीय सदस्यहरूका लागि यो सूचना प्रकाशन गरिएको छ,’’ सूचनामा भनिएको छ।

यसअघि वैशाख ४ गते बसेको राष्ट्रिय सभाको बैठकले वैशाख ५ गते दिउँसो २ बजेर ३१ मिनेटमा अर्को बैठक बस्ने तय गरेको थियो । तर मङ्गलबार बैठक बस्ने केही समय अगाडि मात्रै संसद् सचिवालयका महासचिव गौतमले सूचना निकालेर बैठक स्थगित भएको जानकारी दिनुभएको हो ।