अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेयर बालेनविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा

मेयर बालेनविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा


काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साह विरुद्ध कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा परेको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ।

सिंहदरबार र राष्ट्रपति कार्यालय महाराजगञ्जको फोहोर नउठाएको भन्दै कामपा प्रमुख साहविरुद्ध सर्वोच्च अदालतमा अधिवक्ता पदम श्रेष्ठले रिट दर्ता गर्नुभएको थियो।

अधिवक्ता श्रेष्ठले काठमाडौँ महानगरपालिकाले कानूनविपरीत फोहोर सङ्कलन नगरेको उल्लेख गर्दै तत्काल फोहोर सङ्कलन गरी ल्यान्डफिल साइटमा लैजान, नियमित फोहोर सङ्कलन र विसर्जन गर्नु पर्नेलगायतका मागसहित सोमबार सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

Skip This