अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय सभा अध्यक्षको प्रेस सल्लाहकारमा शर्मा

राष्ट्रिय सभा अध्यक्षको प्रेस सल्लाहकारमा शर्मा


काठमाडौं – राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रेस सल्लाहकारमा दुर्गाप्रसाद शर्मा नियुक्त हुनुभएको छ। तिमिल्सिनाले शर्मालाई मंगलबार प्रेस सल्लाहकार नियुक्त गर्नुभएको हो।

पर्वत निवासी शर्मा २४ वर्षदेखि पत्रकारितामा हुनुहुन्छ। २०५६ सालमा न्यू धौलागिरी दैनिकबाट पत्रकारिता सुरु गर्नुभएका शर्मा यसअघि न्यू कालीगण्डकी दैनिकका सम्पादक हुनुहुन्थ्यो । उहाँले नेपाल समाचार पत्र, पोखरापत्र दैनिक, ढोरपाटन दैनिक उज्यालो एफएम, नेपाल वान टेलिभिजन, एबीसी टेलिभिजन, न्यूज २४ टेलिभिजन, दृष्टि साप्ताहिक लगायतका सञ्चार संस्थामा काम गर्नुभएको छ ।

शर्मा प्रेस चौतारीको वरिष्ठ उपाध्यक्ष समेत हुनुहुन्थ्यो।

Skip This