अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिंहदरबारको फोहोर उठाउन काठमाडौं महानगरलाई सर्वोच्चको आदेश

सिंहदरबारको फोहोर उठाउन काठमाडौं महानगरलाई सर्वोच्चको आदेश


काठमाडौं – सर्वोच्च अदालतले सिंहदरबारको फोहोर उठाउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको छ।

न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले सिंहदरबारभित्रको फोहोर तत्काल उठाउन भनेको हो।

अधिवक्ता पदमबहादुर श्रेष्ठले महानगरको सिंहदरबारको फोहोर नउठाउने काठमाडौं महानगरको निर्णयविरुद्ध  सर्वोच्चमा रिद दर्ता गर्नुभएको थियो ।

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले सिंहदरबारको फोहोर नउठाउन निर्देशन दिएसँगै केही दिनदेखि दुर्गन्ध बढेको छ। 

हेर्नुहोस् सर्वोच्चको आदेश :