अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वरिष्ठ नेता भण्डारीले लिइन् अध्यक्ष ओलीबाट शपथ

वरिष्ठ नेता भण्डारीले लिइन् अध्यक्ष ओलीबाट शपथ


काठमाडौं-पूर्वराष्ट्रपति एवं नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारीले पार्टीको वरिष्ठ नेताका रूपमा शपथ ग्रहण गरेकी छन्।

बिहीबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा स्थायी कमिटीको पहिलो बैठक सुरु हुनुअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

हालै सम्पन्न एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले भण्डारीलाई पार्टीको वरिष्ठ नेतामा मनोनीत गरेको थियो। सोही निर्णयपछि उनी पहिलोपटक पार्टीको औपचारिक बैठकमा सहभागी भएकी हुन्।

शपथ ग्रहणलगत्तै भण्डारी स्थायी कमिटी बैठकमा सहभागी भएकी छन्। पूर्वराष्ट्रपति बनेपछि सक्रिय पार्टी राजनीतिबाट अलग रहेकी भण्डारी ११ वर्षपछि एमालेको औपचारिक बैठकमा सहभागी भएकी हुन्।

एमालेको ११औँ महाधिवेशनपछि गठित स्थायी कमिटीको यो पहिलो बैठक हो। बैठकमा केन्द्रीय कमिटीको तेस्रो बैठकले सचिवालयलाई प्रत्यायोजन गरेका एजेन्डामाथि छलफल गरी आवश्यक निर्णय गर्ने कार्यसूची रहेको जनाइएको छ।