अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजको मौसम : पहाडी क्षेत्रमा वर्षा, तराईमा हावाहुरीको सम्भावना

आजको मौसम : पहाडी क्षेत्रमा वर्षा, तराईमा हावाहुरीको सम्भावना


काठमाडौँ-हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले यतिवेला कोशी  र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।

आज दिउँसो कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको  सम्भावना रहेको छ। अपराह्न पछि पश्चिम तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ। पहाडी भू-भागमा राति पनि क्षणिक वर्षाको सम्भावना रहेको छ।

आइतबार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको  सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।