अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वामपन्थी र परिवर्तन चाहनेलाई एमालेमा आउन अध्यक्ष ओलीको आग्रह

वामपन्थी र परिवर्तन चाहनेलाई एमालेमा आउन अध्यक्ष ओलीको आग्रह


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी, कम्युनिष्ट र परिवर्तन चाहनेलाई एमालेमा आउन आग्रह गर्नुभएको छ। ललितपुरस्थित पार्टी मुख्यालयमा नेकपाको हिरक महोत्सव ७५औँ स्थापना दिवस समारोहमा उहाँले सबै पार्टीमा रहेका वामपन्थी, कम्युनिष्ट र परिवर्तन चाहने देशभक्तलाई एमालेमा आउन आग्रह गर्नुभयो।

उहाँले कम्युनिष्ट पार्टी स्थापना भएसँगै नेपालमा कम्युनिष्टमाथि पटक-पटक प्रहार भएको बताउनुभयो । “नेपालमा कम्युनिष्ट पार्टी जन्मेदेखि प्रहार आएको आयै भयो। हाम्राविरुद्ध षड्यन्त्र भए। हामीले बलिदान दिनप¥यो। तर हामी कम्युनिष्ट लडेको लड्यै ग¥यौ”, उहाँले भन्नुभयो, “अनेक प्रकारका दुःखकष्ट झेल्नुप¥यो। तर पनि हामीले कम्युनिष्ट आन्दोलनलाई भने अगाडि नै बढायौं ।”

उहाँले पछिल्लोपटक २०७७ सालमा पनि नेकपामाथि आक्रमण भएको बताउनुभयो । तर पनि ती सबै अवस्थालाई पार गरेर एमाले अहिले ठूलो पार्टी भएको उहाँको भनाइ छ। अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउनेसमेत दाबी गर्नुभयो। उहाँले कम्युनिष्ट स्थापना ७५ वर्ष प्रवेश गरेको उपलक्ष्यमा पार्टीले उत्सवको वर्षका रूपमा मनाइनेसमेत जानकारी दिनुभयो।

उहाँले हामी बलियो भयौं भने मित्रराष्ट्रले पनि खोजीनीति गर्ने भएकाले एमाले बलियो हुनुको विकल्प नभएको बताउनुभयो। पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्मचार्य, निरन्जनगोविन्द वैद्य र नारायण विलासले नेपालमा पहिलोपटक २००६ सालमा कम्युनिष्ट पार्टी स्थापना भारतको कलकत्तामा गर्नुभएको थियो।

अध्यक्ष ओलीले देशको विकासका लागि कस्तो नीति अख्तियार गर्नुपर्दछ भन्ने कुरा एमालेले देखाएकाले एमाले यस देशको नायक पार्टी भएको उल्लेख गर्नुभयो । उहाँले नेपालको कम्युनिष्टलाई दुईतिहाइ पु¥याएको तर त्यो विभिन्न प्रतिक्रियावादीले ध्वस्त पारेको बताउनुभयो।

अध्यक्ष ओलीले मिसन ग्रासरुट अभियानले देशभरका नेता–कार्यकर्तामा नयाँ उत्साह थपेको बताउनुभयो । “दुई महिना हामीले मिसन ग्रासरुट अभियान सञ्चालन ग¥यौँ, देशभर एउटा नयाँ उत्साह, नयाँ ऊर्जा आएको छ”, उहाँले भन्नुभयो, “अभियानमा हामीले पार्टीको यथार्थ स्थितिको आकलन गर्ने, अवस्था थाहा पाउने, नाडी छाम्ने मौका पनि पायौँ । समस्या के छ रु कस्तो प्रकृतिको छ रु त्यसको समाधान कसरी गर्नुपर्ने हो आदि कुरा हामीले चिन्ने जान्ने मौका पायौँ ।”

अध्यक्ष ओलीले पार्टीलाई अझ सुदृढ कसरी पार्ने भनेर योजना बनाएर काम थालिने भनाइ राख्नुभयो । उहाँले एक वर्ष अन्तरघाती नगर्न र एकअर्काको कुरा नकाट्नसमेत नेता, कार्यकतालाई आग्रह गर्नुभयो । उहाँले नेता तथा कार्यकर्तालाई यस वर्षभर सबै बुद्धि, विवेक र शक्ति प्रयोग गरेर कम्युनिष्ट आन्दोलनलाई मजबुत, सुदृढ र शुद्धीकरण गरिने बताउनुभयो ।

कार्यक्रममा महासचिव शङ्कर पोखरेलले हिरक वर्षमा पार्टी गतिविधि प्राथमिकतामा राख्दै उत्सवको रूपमा मनाइनेसमेत बताउनुभयो । उहाँले एमालेलाई षड्यन्त्र गरे पनि जनताको रोजाइको पहिलो पार्टी भएको बताउनुभयो । सोही कार्यक्रममा नेकपा ९एकीकृत समाजवादी०का वरिष्ठ नेता मुकुन्द न्यौपाने प्रवेश गर्नुभयो । अध्यक्ष ओलीले नेता न्यौपानेसहित केही एकीकृत समाजवादी परित्याग गरेका नेतालाई प्रवेश गराउनुभएको हो । न्यौपानेसहित एकीकत समाजवादीका नेता चुडामणि जङ्गली, मुना बानियाँ, शान्ता आचार्य, महाप्रसाद सुवेदी, नरेश्वरदयाल ज्ञवाली, हरिकुमार श्रेष्ठ प्रवेश गर्नुभयो ।