अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ईदले आपसी सहिष्णुता र सहकार्य थप सुदृढ बनाएको छ: पूर्वराष्ट्रपति भण्डारी

ईदले आपसी सहिष्णुता र सहकार्य थप सुदृढ बनाएको छ: पूर्वराष्ट्रपति भण्डारी


काठमाडौं-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ईद (ईद उल फित्र)पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र सहकार्यको संस्कृतिलाई थप सुदृढ बनाउन मद्दत पुर्‍याएको बताउनुभएको छ।

ईद पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईदको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभयो।

‘ईद उल फित्र पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र सहकार्यको संस्कृतिलाई थप सुदृढ बनाउन मद्दत पुर्‍याएको छ। सामाजिक र सांस्कृतिक विविधतामा जनताबीच कायम हुने एकता नै नेपालको राष्ट्रिय सामथ्र्य हो । यसै एकताको भावनाले नै आपसी सहिष्णुता र सहयोग प्रवद्र्धन गर्दै नेपाललाई प्रगतिको बाटोमा अगाडि बढाउन सकिन्छ’, उहाँद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ।

उहाँले यस पर्वले नेपाली जनताबीच राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यबद्धताको भावना सुदृढ गर्न प्रेरणा प्रदान गरोस् भन्ने अपेक्षासमेत व्यक्त गर्नुभएको छ।

Skip This