पाल्पा-पाल्पामा भएको बस दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने अन्य घाइते १८ जना घाइते भएका छन् । बुटवलबाट बाग्लुङतर्फ जाँदै गरेको लु१ख ५९५६ नम्बरको बस सिद्धार्थ राजमार्गअन्तर्गत जोरधारा नजिकै आज बिहान सवा ९ बजे दुर्घटना भएको हो।
घाइतेहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बस भीरमा अड्किएको अवस्थामा अन्य यात्रुको उद्धार भइरहेको छ।




प्रतिक्रिया