अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टीआरसी विधेयकमा तीन दलको सहमति

टीआरसी विधेयकमा तीन दलको सहमति


काठमाडौँ – नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच संसदीय समितिको भागण्बडामा सहमति जुटेकाे छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज दिउँसो बसेको तीन दलको बैठकमा टिआरसीबारे विशेष समिति गठन गर्ने र एमालेलाई तीन समितिको नेतृत्व दिने सहमति भएको हो ।

संघीय संसदका दुई विशेष समितिमध्ये  एमालेले राज्यका निर्देशक सिद्धान्त अनुगमन तथा निर्देशन विशेष समितिको सभापति पाउने भएको छ ।

संसदीय सुनुवाई समितिको भने सभापति कांग्रेसले पाउने भएको छ। १५ सदस्यीय सुनुवाइ समितिमा कांग्रेस र एमालेबाट ४/४ जनाकाे सहभािगता रहने छ भने बाँकी ७ जनामा माओवादी, रास्वपा, राप्रपा, जसपा, एकीकृत समाजवादी लगायतका दलबाट प्रतिनिधित्व गरिने छ।

१० वटा विषयतगत समितिमा सार्वजनिक लेखा समिति र थप एक समितिको सभापति पनि एमालेले पाउने सहमिति भएको एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले बताउनु भयो।

विपक्षीलाई पनि संसदीय समितिमा भागबण्डा दिएर नयाँ पद्धतिको विकास गरेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक लेखकले बताउनु भयो । उहाँका अनुसार संघीय संसदका १२ वटा समिति मध्ये एमालेले तीन वटा समितिकाे नेतृत्व गर्ने छ।