काठमाडौं – नेकपा एमालेका नेता खिमलाल भट्टराईले पछिल्ला राजनीतिक घटनाले लोकतन्त्रलाई कमजोर बनाइरहेको बताउनुभएको छ।
आज काठमाडौंमा आयोजित ‘नेपाली परिवेशमा लोकतन्त्रका आयाम’ विचार संवाद कार्यक्रम उहाँले यस्तो बताउनुभएको हो।उहाँले लोकतन्त्रमा जनमतको कदर हुन नसकेको बताउनु भयो।
नेता भट्टराईले अहिलेको राजनीतिक अभ्यासले जनमतको कदर नगरेको दाबी गर्नुभयो । उहाँले जनताले रोजेको पहिलो पार्टी नेकपा एमाले प्रमुख प्रतिपक्षमा र संसदमा ठूलो रहेको पार्टी सहयोगीको भुमिकारहनु भनेको लोकतन्त्रको गलत अभ्यास रहेको बताउनु भयो । उहाँले लोकतन्त्रको गलतअभ्यासबाट वर्तमान चुनौतिलाई पार लगाउन नसकिने स्पष्ट पार्नुभयो।




प्रतिक्रिया