अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बारा-२ को मतगणना पुनः सुरु

बारा-२ को मतगणना पुनः सुरु


बारा – बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना पुनः सुरु भएको छ।

दलका प्रतिनिधिहरुबीच विवाद भएपछि जनमतका कार्यकर्ताले मतपेटिका राखिएको कोठाको चाबी नै लिएर हिँडेपछि करिब घण्टा मतगणना रोकिएको थियो । उनीहरु चाबी लिएर आएपछि पुनः मतगणना सुरु भएको हो।

‘प्रतिनिधिहरुबीच सामान्य विवाद भएपछि केहीबेर मतगणना रोकिएको थियो, अहिले अघि बढिसकेको छ’ बारा निर्वाचन कार्यालयका प्रमुख सरोज चौधरीले बताउनु भयो ।

बारा २ मा जारी मत गणनामा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार उपेन्द्र यादवले आफ्नो अग्रता कायमै राख्नुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले उपलब्ध गराएको पछिल्लो परिणामअनुसार जसपा अध्यक्ष यादवले १३ हजार ८ सय ४ मत ल्याइसक्नु भएको छ । यस्तै जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले अहिलेसम्म ९ हजार २३१ मत प्राप्त गर्नुभएकव छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २ हजार ३१ मत ल्याउनु भएको छ । 

बारा क्षेत्र नम्बर २ मा जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, नेकपा एमालेका पुरुषोत्तम पौडेल, रास्वपाका रमेश खरेल र आम जनता पार्टीका अरुण ज्ञवाली लगायत प्रतिस्पर्धामा हुनुहुन्छ।