अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सांसद ढाकाकुमार श्रेष्ठको पद रिक्त, सभामुखद्वारा सदनलाई जानकारी

सांसद ढाकाकुमार श्रेष्ठको पद रिक्त, सभामुखद्वारा सदनलाई जानकारी


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठको पद रिक्त भएको छ। आज प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले सांसद श्रेष्ठको सांसद पद रिक्त रहेको जानकारी गराउनु भएको हो ।

घुस मागेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद श्रेष्ठलाई पदमुक्त गराउन सङ्घीय संसद सचिवालयमा पत्राचार गरेको थियो । रास्वपाको सोही निर्णय बमोजिम उहाँको पद रिक्त भएको सभामुख घिमिरेले बताउनुभयो।

सभामुख घिमिरेले भन्नुभयो, ‘राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सदस्य डा. ढाकाकुमार श्रेष्ठलाई सम्बन्धित संसदीय दलले पार्टीको साधारण सदस्यताबाट निस्काशन गरेको र सो निर्णय बमोजिम निजको सांसद पद रिक्त हुने भनि निर्णयसहितको सूचना राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ को उपदफा १ बमोजिम सङ्घीय संसद सचिवालयमा दिएकाले सोही ऐनको दफा ३५ बमोजिम सभालाई जानकारी गराउँछु । साथै राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३६ बमोजिम प्रतिनिधिसभा सदस्यको उक्त स्थान रिक्त भएको व्यहोरा समेत माननीय सदस्यहरुलाई जानकारी गराउँछु ।’

श्रेष्ठ रास्वपाको समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य हुनु भएको थियो ।