अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुख घिमिरेसँग नेपालका लागि क्युबाका राजदूतको शिष्टाचार भेट

सभामुख घिमिरेसँग नेपालका लागि क्युबाका राजदूतको शिष्टाचार भेट


काठमाडौं-सभामुख देवराज घिमिरेसँग नेपालका लागि क्युबाका राजदूत एलेजान्ड्रो सिमानकास मारिनले सिंहदरबारमा आज शिष्टाचार भेट गर्नुभएको छ।

भेटमा उहाँहरुबीच संसदीय आदान प्रदान, दुई देशबीचको सम्बन्ध विस्तार लगायतका विषयमा छलफल भएको छ। 

सभामुख घिमिरेले नेपाल र क्युवाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४८ वर्ष पुगेको स्मरण गर्दै दुई देशबीच आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा सहयोग पुगेको विश्वास व्यक्त गर्नुभयो । उहाँले महाभूकम्पमा क्युबाको चिकित्सक टोलीले पुर्‍याएको सहयोगको प्रशंसा गर्नुभयो। उहाँले क्युबाको संसद्को हालै भएको निर्वाचनमा निर्वाचित अध्यक्ष र सांसदहरूलाई शुभकामना दिनुभयो । सभामुख घिमिरेले दुई देशका संसदबीच मैत्रीपूर्ण सम्बन्ध विस्तार र संसदीय आदान प्रदान गर्न नेपाल तयार रहेको समेत बताउनुभयो । 

राजदूत एलेजान्ड्रोले क्युबाको संसद्मा पहिलो पटक क्युबा–नेपाल मैत्री समूह गठनको तयारी भएको जानकारी दिँदै नेपालले पनि मैत्री समूह गठन गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले अमेरिकाले दुई वर्षअघि क्युबामाथि लगाएको आर्थिक नाकाबन्दीविरुद्ध नेपाल उभिएको स्मरण गर्दै नेपालको समर्थनप्रति धन्यवाद व्यक्त गर्नुभयो ।