अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापामा एमाले अध्यक्ष ओलीविरुद्ध ढुंगामुढा गर्ने एकजना पक्राउ

झापामा एमाले अध्यक्ष ओलीविरुद्ध ढुंगामुढा गर्ने एकजना पक्राउ


झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। झापामा आयोजित कार्यक्रममा जाँदै गर्दा ढुंगा प्रहार गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। सो क्रममा दुई जना प्रहरी घाइते भएका थिए ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष ओलीलाई आक्रमण गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको संसदलाई जानकारी गराउनु भयो । एमाले अध्यक्ष ओलीमाथि आक्रमणको प्रयास भएको प्रमुख सचेतक पदम गिरीले बताएपछि जवाफमा गृहमन्त्री श्रेष्ठले उश्रृंखल गतिविधि गर्नेलाई नियन्त्रणमा लिइएको बताउनु भयो ।

Skip This