अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशका पहाडी भू -भागमा आज मेघ गर्जनसहित वर्षाको सम्भावना

देशका पहाडी भू -भागमा आज मेघ गर्जनसहित वर्षाको सम्भावना


काठमाडौं – देशका केही भागमा आज वर्षाको सम्भावना रहेको छ । पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भू–भागमा सामान्यदेखि आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि समान्यतया सफा रहेको छ ।
विभागले आज दिउँसो सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

सुदूरपश्चिम प्रदेशलगायत कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा देशका बाँकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
विभागका अनुसार आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोसी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

Skip This