काठमाडौँ-सङ्घीय संसद् सचिवालयले सङ्घीय संसद्का दुवै सदनका सदस्यहरूलाई आर्थिक वर्ष २०८२/०८३ को सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ।
सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखाले सोमबार एक सूचना जारी गर्दै भ्रष्टाचार निवारण ऐन,२०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ को कानुनी प्रावधान अनुसार तोकिएको समयभित्र आफ्नो सम्पत्ति विवरण पेस गर्न निर्देशन दिएको हो।
जारी सूचना अनुसार, सांसदहरूले आर्थिक वर्ष २०८२/०८३ समाप्त भएको मितिले ६० दिनभित्र अर्थात् २०८३ साउन १ गतेदेखि भदौ २९ गतेसम्ममा आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत र निस्सा (प्रमाण) सहितको अद्यावधिक विवरण बुझाउनुपर्नेछ।
सार्वजनिक पद धारण गरेका व्यक्तिले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ । समयमै विवरण नबुझाउने उपर कानुन बमोजिम कारबाही हुने प्रावधान समेत रहेको छ ।






प्रतिक्रिया