काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतल निवास पुग्नुभएको छ। राष्ट्रपति पौडेल नयाँदिल्लीबाट उपचार गरेर आएपछि प्रधानमन्त्रीले पहिलो पटक भेटका लागि शीतल निवास पुग्नुभएको हो।
राष्ट्रपति पौडेल अहिले शीतल निवासमै स्वास्थ्य लाभ गरिरहनुभएको छ। उहाँले यसअघि राजनीतिक तथा व्यक्तिगत भेटघाट रोक्नुभएको थियो । पौडेल यही आइतबार राति नेपाल एअरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किनु भएको थियो । त्यसयता चिकित्सकको सल्लाहअनुसार उहाँ आराम गरिरहनुभएको छ।
राष्ट्रपति पौडेल गत वैशाख ६ गते भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार का लागि जानु भएको थियो । यो भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले बुधबार नेपाली कांग्रेसबाट मन्त्रीमा नियुक्त तीन नेताको शपथबारे पनि कुरा गर्ने बताइएको छ।






प्रतिक्रिया