अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अमेरिकी डिभी नतिजा आज राति आउँदै, कसरी हेर्ने ?

अमेरिकी डिभी नतिजा आज राति आउँदै, कसरी हेर्ने ?


काठमाडौँ – अमेरिकी इलेकट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) को रिजल्ट आज राति आउँदै छ। 

अमेरिकी प्रशासनका अनुसार  मे २६ अर्थात आज राति ९ः४५ मा रिजल्ट सार्वजनिक हुन लागेको हो।

डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा चिट्ठा परे / नपरेको थाहा हुन्छ । डिभीका लागि छनोटमा परे नपरेको थाहा पाउनका https://dvprogram.state.gov मा गई आफ्नो कन्फर्मेशन नम्बर प्रविष्ट गर्नुपर्ने छ। आवेदन दर्ता गर्दा आवेदकले आफ्नो इमेल ठेगाना समावेश गर्नु पर्नेछ । यद्यपि, छनोट भएका व्यक्तिहरूलाई उनीहरू छानिएका छन् भन्ने व्यहोराको इमेल सूचना पठाइँदैन ।

डिभीका लागि छानिँदैमा कसैले सबैले भिसा पाउने भन्ने हुँदैन । भिसाका लागि अन्तर्वार्ता दिने मौका पाइयो भने कन्सुलर अफिसरले आवश्यक योग्यता छ वा छैन र अमेरिकी आप्रवासी कानुनबमोजिम डिभीका लागि आवेदक योग्य छ कि छैन भन्ने कुराको निर्क्यौल गर्छ ।