अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डडेल्धुरामा जिप दुर्घटना : दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

डडेल्धुरामा जिप दुर्घटना : दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते


बैतडी – भीमदत्त राजमार्ग अन्तरगत पर्ने डडेल्धुराको अमरगडी नगरपालिका(७ खर्स्याखानमा जिप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ ।

धनगढी बाट दार्चुला तर्फ जाँदै गरेको सु.प.प्र. ०१ – ००१ ज १८५० नम्बरको बोलेरो जीप अज बिहान करिब २ बजेको समयमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो भने चालकसहित ३ जना घाइते भएका छन् ।
दुर्घटनामा परी मृत्यु हुनेमा दार्चुलाको अपिहिमाल गाउँपालिका १ का अन्दाजी ४५ सुगन लोथ्याल र सोही ठाउका अन्दाजी २८ वर्षीय हनु लोथ्याल रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी भास्कर चन्दले जानकारी दिए ।

प्रहरीका अनुसार घाइते हुनेमा दार्चुलाको मार्मा गाउँपालिकाका ५० वर्षीय अमरसिंह ठगुन्ना र अपिहिमाल गाउँपालिका १ का वर्ष ३५ वर्षीय सरस्वती लोथ्याल रहेका छन् । यसैगरी जिप चालक बैतडीको डिलासैनी गाउँपालिका २ का अमृत घरेडी पनि घाइते छन् । घाइते तीनै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । जिप सडकबाट करिब ४ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

दुर्घटनाक विषयमा थप अनुसन्धान भैरहेको छ ।

Skip This