अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सञ्चारगृहअगाडि शंकास्पद रूपमा गाडी पार्किङ, पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

सञ्चारगृहअगाडि शंकास्पद रूपमा गाडी पार्किङ, पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण


काठमाडौं-नेपाल पत्रकार महासंघले विभिन्न सञ्चारमाध्यमका कार्यालयको गेटमा शंकास्पद रूपमा गाडी पार्किङ गरी पत्रकारहरूको आवतजावत र समाचार संकलनमा अवरोध सिर्जना गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार आज बिहान ७ बजेदेखि तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन, नयाँ बानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय गेटमा पत्रकारका सवारीसाधन पार्किङ गरी सञ्चारकर्मीको आवतजावतमा समस्या उत्पन्न गरिएको पाइएको जनाएको छ।

महासंघले उक्त अवरोध तत्काल हटाई सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।

साथै, सञ्चारमाध्यम र पत्रकारको पेशागत अधिकारको प्रयोगमा अवरोध पुर्‍याउने यस घटनालाई महासंघले निन्दनीय र रहस्यमय भन्दै यसको तत्काल छानबिन गरी दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

महासंघले अवरोध हटाउन सुरक्षा निकायसँग आवश्यक समन्वय भइरहेको जानकारीसमेत दिएको छ।

नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै सञ्चारकर्मीलाई निर्वाध रूपमा काम गर्ने वातावरण सुनिश्चित गर्न आग्रह गरिएको छ।

Skip This