काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका नेकपा (एमाले) का सांसद टोपबहादुर रायमाझीले आफू बिरामी परेको पत्र संसद सचिवालयलाई पठाउनु भएको छ।
संसद सचिवालय स्रोतका अनुसार उहाँले आफू बिरामी भएर उपचाररत रहेको भन्दै पत्र पठाएका हुन्।
‘पत्र आएको सुनेका छौँ, तर कुन माध्यमबाट पठाएको बुझ्दैछौँ, ईमेलबाट पठाएको हुन सक्छ’, संसद् सचिवालयका एक अधिकारीले भन्नुभयो, ‘पत्रमा बिरामी भएर उपचारका क्रममा रहेको बेहोरा रहेको बुझिएको छ।’
आजै एमालेले रायमाझीलाई पार्टीको सचिव पदबाट निलम्बन गरेको छ।
महासचिव शंकर पोखरेलले बुधबार विज्ञप्ति निकाल्दै रायमाझीलाई पार्टी सचिवबाट निलम्बन गरिएको जानकारी दिनु भएको हो।






प्रतिक्रिया