अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 च्याम्पियन्स लिग : एसी मिलानमाथि इन्टरमिलानको जित 

 च्याम्पियन्स लिग : एसी मिलानमाथि इन्टरमिलानको जित 


काठमाडौँ-एउटा टिमका लागि, एक दुःस्वप्न सुरु हुने थियो । २००५ पछि च्याम्पियन्स लिगमा पहिलोपटक मिलान डर्बी प्रतिस्पर्धा हुँदै थियो । एक साताभन्दा बढी समयदेखी चुलिएको चर्चापश्चात बुधबार राति सम्पन्न च्याम्पियन्स लिगको पहिलो लेगमा इन्टर मिलानले एसी मिलानमाथि २–० को विजय हासिल गरेको छ । 

इन्टरको जितमा इडेन जेको र हेनरिक मिखितारियनले ११ मिनेटभित्र गरेको गोल नै जितका लागि पर्याप्त बन्यो । यो नतिजा खेलअघि घरेलु समर्थकले अपेक्षा गरेभन्दा विपरित थियो । तथापि, दुवै लेग सान सिरोमा हुनेछ । 

हारपछि मिलानका एक क्रुद्ध समर्थकले भने, “नरक खाली छ । किनकी सबै सैतानहरू यहाँ छन् ।’’

ठिक विपरित इन्टरका समर्थकहरू खुसी थिए । उनीहरूलाई स्वर्ग जस्तै अनुभव भएको थियो । 

“मिलानको तर्फबाट गल्ती हुन सक्ने सबै काम भयो, “एसी मिलानका पूर्व गोलकिपर अस्मिर बेगोभिकले पहिलो हाफ सकिएपछि भने, “यहाँ ठूला गल्तिहरू भएका छन् । यो टिमले ठूलो सपना देख्न सक्दैन ।’’

जेकोले हकन कालहानोग्लुको पासमा गरेको गोलबाट इन्टरले आठौँ मिनेटमा अग्रता लिएको थियो । त्यसको तीन मिनेट वित्न नपाउँदै मिखितारियनले अर्को गोल थपेपछि इन्टर सहज स्थितिमा थियो । अन्ततः त्यही दुई खेल इन्टरको लागि निर्णायक बन्यो । 

३१औँ मिनेटमा रेफ्री जेसस गिलले इन्टरलाई पेनाल्टी अवसर दिएका थिए । तर, भिडियो सहायक रेफ्रीको सुझावमा उनले पेनाल्टी निर्णय फिर्ता लिए । सँगै मिलानका सिमोन केजरलाई देखाइएको पहेँलो कार्डको निर्णय पनि फिर्ता लिएका थिए । 

जितसँगै इन्टरले २०१० पहिलोपटक उपाधि जित्ने सम्भावनाको बाटो खुला बनाएको छ । 

“पहिलो मिनेटदेखि नै हामीले जित्ने ठूलो चाहना राखेका थियौं,’’ प्लेयर अफ द म्याच घोषित मिखितारियनले भने, “तर यो अझै समाप्त भएको छैन । अर्को एक ठूलो लडाई हामीलाई पर्खिरहेको छ ।’’

बोस्नियाका ३७ वर्षीय स्ट्राइकर जेको म्यानचेस्टर युनाइटेडका रायन गिग्सपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा गोल गर्ने दोस्रो सबैभन्दा पाका खेलाडी बनेका छन् । जेकोले झण्डै चार महिनाको गोल खडेरी तोड्दै ४ मेमा हेला भेरोनाविरुद्ध पनि दुई गोल गरेका थिए । उक्त खेलमा इन्टर ६–० ले विजयी भएको थियो । 

‘‘कहिलेकाँही तपाईँ यो कठिन स्थितिबाट गुज्रनुपर्छ । गोल हुन सक्दैन । तर, धैर्यता र मिहिनेतको प्रतिफल आउँछ नै । गोल हुन्छ भन्नेमा म विश्वस्त थिएँ र शान्त थिएँ,’’ इन्टरका फरवार्ड जेकोले भने । 

युरोपियन प्रतियोगितामा मिलान डर्बी खेल सधैँ सम्झनलायक हुन्छन् । च्याम्पियन्स लिगमा मिलान र इन्टरले यसअघि दुईपटक प्रतिस्पर्धा गरेका छन् । दुवैपटक नतिजा मिलानको पक्षमा गएको थियो । २००२/०३ को सेमिफाइनलमा मिलान अर्वे गोलको आधरमा फाइनलमा स्थान बनाउन सफल भएको थियो भने २००४/०५ को क्वार्टरफाइनलमा मिलान समग्रमा ५–० ले विजयी भएको थियो । 

दुई टिमबीचको पछिल्लो खेलमा निकै तनावग्रस्त बनेको थियो । १–० ले पछि परेको अवस्थामा इन्टरका समर्थकले देखाएको आक्रोसित व्यवहारका कारण दोस्रो लेग नै रद्द भएको थियो । र, मिलानलाई ३–० को नतिजामा विजय घोषित गरिएको थियो । पहिलो लेगमा मिलान २–० ले विजयी भएको थियो । 

“हामीले पहिलो हाफमा शानदार खेल्यौं । तर, हामीले त्यहाँ जे गर्यौं त्यसको लागि यो कम नतिजा हो,’’ इन्टरका प्रशिक्षक सिमोनी इन्जाघीले भने, “यद्यपि, यो एकदमै सकारात्मक रात हो । जसले हामीलाई धेरै सन्तुष्टि दिएको छ ।’’-एजेन्सी