अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 दिल्लीसँग पञ्जाव पराजित, प्लेअफ सम्भावना कठिन

 दिल्लीसँग पञ्जाव पराजित, प्लेअफ सम्भावना कठिन


काठमाडौँ-इन्डियन प्रिमियर लिग (आईपीएल) मा बुधबार राति भएको खेलमा दिल्ली क्यापिटल्ससे पञ्जाव किंग्सलाई १५ रनले पराजित गरेको छ ।

यसअघि नै प्लेअफ होडबाट बाहिरिसकेको दिल्लीको यो पाँचौ जित हो । हारपछि पञ्जावको प्लेअफ सम्भावना भने कठिन बनेको छ ।

धर्मशालामा भएको खेलमा दिल्लीले दिएको २१४ रनको लक्ष्य पछ्याएको पञ्जावले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १९८ रन मात्र बनाउन सक्यो ।

लियम लिभिङस्टोनले ९४ रन बनाए पनि पञ्जावलाई जिताउन सकेनन् । अन्तिम बलमा आउट भएका उनले ४८ बल खेल्दै ५ चौका र ९ छक्का प्रहार गरेका थिए । अथर्व टाइडेले रिटायर्ड आउट हुनुअघि ४२ बलमा ५५ रन बनाएका थिए ।

दिल्लीका यशान्त शर्मा र एकरिक नवर्कियखले दुई/दुई तथा खलिल अहाद र अक्षर पटेलले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले राइले रुसोको आक्रमक ब्याटिङमा २ विकेट गुमाएर २१३ रन बनाएको थियो । रुसोले अविजित रहँदै सर्वाधिक ८२ रन बनाए । उनले ३७ बल खेल् ६ चौका र ६ छक्का प्रहार गरेका थिए ।

यस्तै पृथ्वी शाले ३८ बलमा ७ चौका र १ छक्का प्रहार गरी ५४ रन बनाए । कप्तान डेविड वार्नरले ३१ बलमा ४६ रन जोडे । फिल साल्टले १४ बलमा अविजित २६ रन बनाए । पञ्जावक लागि साम करनले दुई विकेट लिए ।

जितपछि १३ खेलबाट १० अंकसहित दिल्ली नवौं स्थानमै छ । १३ खेलबाट १२ अंकसहित पञ्जाव आठौं स्थानमा छ । पञ्जावसहित चार टिमको समान १२ अंक भए पनि नेट रनरेटमा पञ्जाव सबैभन्दा कमजोर छ ।