अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्नाटकाको नयाँ मुख्यमन्त्री सिद्धारमैया बन्दै

कर्नाटकाको नयाँ मुख्यमन्त्री सिद्धारमैया बन्दै


काठमाडौँ-भारतको कर्नाटका राज्यमा सिद्धारमैया नयाँ मुख्यमन्त्री बन्ने भएका छन् । भारतीय राष्ट्रिय कंग्रेसकाअध्यक्ष मल्लिकार्जुन खड्गे र पूर्वअध्यक्ष राहुल गान्धीबीच ७५ वर्षका सिद्धारमैयालाई कर्नाटकाको मुख्यमन्त्री बनाउने सहमति भएको हो। 

इन्डियन एक्सप्रेसका अनुसार कंग्रेसका प्रदेश अध्यक्ष डिके शिवकुमार उपमुख्यमन्त्री बन्नेछन्। सुरुमा मुख्यमन्त्रीमा दाबी गरेका शिवकुमारलाई उपमुख्यमन्त्रीमा मनाउन पार्टीले उनलाई अन्य महत्त्वपूर्ण पद दिने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ।  

सिद्धारमैया र शिवकुमारलाई आधा-आधा कार्यकाल मुख्यमन्त्री बनाउनेबारे छलफल भए पनि निर्णय नभएको बताइएको छ। कंग्रेसको संगठन बनाउन र पार्टीलाई आर्थिक स्रोत जुटाउन शिवकुमारले महत्त्वपूर्ण भूमिका खेलेका छन्। सिद्धारमैया भने आम मतदातामा निकै लोकप्रिय छन्। 

मुख्यमन्त्री र उपमुख्यमन्त्रीको शपथ शनिबार मध्याह्न साढे १२ बजे हुने बताइएको छ। त्यसका लागि कंग्रेस विधायक दल (सिएलपी)को बैठक आज साँझ ७ बजे बोलाइएको छ। 

एक साताअघि सम्पन्न विधानसभा निर्वाचनमा कर्नाटकामा कंग्रेसले स्पष्ट बहुमत प्राप्त गरेको छ। २२४ सदस्यीय  विधानसभाको  १३६ सिट जित्दै कंग्रेसले एकल सरकार बनाउन लागेको हो ।-एजेन्सी 

Skip This