अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालका लागि भारत अवसर हो, तर यसलाई समस्या बनाइयो: रामचन्द्र राई

नेपालका लागि भारत अवसर हो, तर यसलाई समस्या बनाइयो: रामचन्द्र राई


काठमाडौं-नेकपा (एमाले)का सांसद रामचन्द्र राईले छिमेकी मुलुक भारतसँगको नेपालको सम्बन्ध अवसर भएको बताउनु भएको छ।

बिहीबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै सांसद राईले नेपालको लागि भारतसँगको सम्बन्ध अवसर भएको बताउनु भएको हो।

उहाँले छिमेकी मुलुकसँगको सम्बन्ध हाम्रो लागि समस्या नभएको बताउनु भयो। भारतसँगको सम्बन्धलाई अवसरको रुपमा परिणत गर्न नेतृत्वको सुझबुझपूर्ण पहलकदमी हुनुपर्ने भएपनि त्यस्तो हुन नसकेको उहाँले बताउनु भयो ।

‘१९५० को सन्धीको मुख्य कपी छैन। जे प्राप्त भएको छ, त्यसको आधिकारिकता कति छ जसको मुख्य कपी अहिलेसम्म पाएकै छैन,’ उहाँले भन्नुभयो, ‘हामीले जे बजारमा पाइरहेका छौँ, जे हाम्रोमा सुन्नमा, देख्नमा, बुझ्नमा आइरहेको छ यसको आधिकारिकता कति ? दोस्रो कुरा भारत नेपालको लागि अवसर हो भन्ने बुझ्छु। तर यसलाई समस्या बनाइयो। त्यो पनि हाम्रो नेतृत्वको कारणले गरेको हो। मेरो कुरा के हो भने भारत समस्या होइन अवसर हो।’

सांसद राईले सन् १९५० को भारत–नेपाल शान्ति तथा मैत्री सन्धिको मुल कपि नै नभएको भन्दै बजारमा सुनिएका कुराहरुको आधिकारिताको सम्बन्धमा प्रश्न उठाउनु भयो ।

उहाँले नेपालमा सन् १९५० को सन्धि खारेज हुनुपर्ने माग बारम्बार उठिरहने भन्दै सो सन्धी खारेज हुनु र नहुनेको कुनै अर्थ नभएको बताउनु भयो।