अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बफर जोनका कारण हेटौंडा-मनहरीवासीको जनजीवन कष्टकर: सांसद थेबे

बफर जोनका कारण हेटौंडा-मनहरीवासीको जनजीवन कष्टकर: सांसद थेबे

यो बेला
0
Shares

काठमाडौँ-नेकपा एमालेका सांसद क्षितिज थेबेले मकवानपुरको हेटौंडा र मनहरी क्षेत्रका मध्यवर्ती (बफर जोन) बासिन्दाले भोग्दै आएको समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद थेबेले वन्यजन्तुको त्रास तथा विकास निर्माणमा लगाइएको कडाइका कारण मध्यवर्ती क्षेत्रका स्थानीयवासीको दैनिकी कष्टकर बनेको बताएका हुन्।

मध्यवर्ती क्षेत्र संघर्ष समितिका प्रतिनिधिसँगको भेटपछि आफूले त्यहाँको अवस्था बुझेको उल्लेख गर्दै उनले बफर जोनका कारण स्थानीयले आफ्नो जीर्ण घरसमेत मर्मत गर्न नपाउने र जग्गामा साना संरचना निर्माण गर्नसमेत बन्देज भोग्नुपरेको बताए।

स्थानीयवासीले विकास निर्माण तथा प्राकृतिक स्रोतको उपभोगमा समेत पर्याप्त अधिकार नपाएको गुनासो गरेको उनले सदनलाई जानकारी गराए।

‘वन्यजन्तुको त्रासले साँझ परेपछि आवतजावत गर्न पनि जोखिम छ। जंगली जनावरले घरपालुवा पशुचौपाया मार्ने र सडक दुर्घटनामा परी स्थानीयले बर्सेनि ज्यान गुमाउनुपरिरहेको छ,’ सांसद थेबेले भने।

यस विषयमा पटक-पटक सरकारको ध्यानाकर्षण गराउनुका साथै अघिल्ला सदनमा समेत आवाज उठिसकेको भए पनि समस्याको ठोस समाधान हुन नसकेकोमा उनले असन्तुष्टि जनाए।

सांसद थेबेले स्थानीयवासीको माग र समस्यालाई सम्बोधन गर्दै मध्यवर्ती क्षेत्रसम्बन्धी नीतिमा पुनरावलोकन गर्न तथा तत्काल समस्या समाधानको पहल गर्न सरकारसँग माग गरेका छन्।