अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उजुरीकर्तासँग समितिको छलफल

उजुरीकर्तासँग समितिको छलफल


कठमाडौं-संसदीय सुनुवाई समितिमा प्रस्तावित प्रधानन्याधीश हरिकृष्ण कार्की विरुद्ध परेका उजुरीहरु बारे बुधबार उजुरीकर्ताहरुसँग समितिले छलफल गरेको छ।

कार्की विरुद्ध परेका २९ उजुरी मध्ये २० उजुरीकर्ताहरु छलफलका लागि पुगेका थिए। समितिका सदस्य राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालका अनुसार उजुरीकर्ताहरु सँग सामुहिक र एकल छलफल भएको हो। सामुहिक छलफलमा उजुरीकर्ताहरु जिल्ला न्यायाधीश कृष्णप्रसाद भट्टराई, अमृत खरेल र धु्रवलाल श्रेष्ठले उजुरीहरु माथि आफ्ना धारणा राखेका थिए । त्यस पछि एकल छलफलका लागि ईच्छुक उजुरीकर्ताहरु सँग एकल छलफल समेत भएको थियो।
समितिले बिहिबार प्रस्तावित प्रधानन्याधीश कार्कीसँग छलफल गर्ने छ। छलफलमा आफ्नो कार्ययोजना सहित उपस्थित हुन कार्कीलाई समितिले भनेको छ।

Skip This