कठमाडौं-संसदीय सुनुवाई समितिमा प्रस्तावित प्रधानन्याधीश हरिकृष्ण कार्कीले आफ्ना कार्ययोजनाहरुसहित आफ्नो योग्यताको दाबी पेश गर्नु भएको छ।
कायम मुकायम प्रधान न्यायाधीशको जिम्मेवारीमा रहेका कार्कीले सुनुवाई समिति समक्ष लिखित रुपमा आफ्ना योजना पेश गर्नु भएको हो। यसअघि कार्की विरुद्ध परेका उजुरीहरु बारे बुधबार उजुरीकर्ताहरुसँग समितिले छलफल गरेको थियो। कार्की विरुद्ध परेका २९ उजुरी मध्ये २० उजुरीकर्ताहरु छलफलका लागि पुगेका थिए। समितिका सदस्य राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालका अनुसार उजुरीकर्ताहरु सँग सामुहिक र एकल छलफल भएको हो।
के छ कार्कीको कार्ययोजना ?
न्यायपालिका प्रतिको आस्था र विश्वास अभिवृद्धी अवको न्यायिक सुधारको केन्द्रविन्दूमा हुनु पर्ने कार्कीको धारणा छ।
यसैगरि न्यायपालिकामा हुन सक्ने कुनै पनि किसिमको अनियमितता वा भ्रष्टाचारजन्य कार्यप्रति आफ्नो शुन्य सहनशिलता रहेने कार्कीद्वारा पेश भएको कार्ययोजनामा उल्लेख छ। न्यायपालिका भित्र हुन सक्ने विकृति, विसङ्गती, अनियमितता लगायतका अवाञ्छित गतिविधिहरुको नियन्त्रण गरि न्यायपालिका प्रतिको आस्था र विश्वास अभिवृद्धी गर्न न्यायीक सुशासन सम्वन्धि कार्कीले बुँदागत रुपमा आफ्ना योजनाहरु समिति समक्ष पेश गर्नु भएको हो।
शुक्रबार कार्कीको कार्ययोजना, उजुरीकर्ताहरुको उजुरी तथा सांसदहरुको जिज्ञासाका बारेमा बिहान ८ बजे देखि प्रश्नोत्तर गरिने समितिले जनाएको छ।






प्रतिक्रिया