काठमाडौँ-नक्कली भुटानी शरणार्थी प्रकरणमा आजबाट जवाफी बहस सुरु हुनेछ । पक्राउ परेका १८ जना आरोपीको तर्फबाट थुनछेक बहस सकिएपछि आज सरकारी वकिलले जवाफी बहस गर्ने भएका हुन् ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँका चार जना अधिवक्ताले आज जवाफी बहस गर्नेछन् । जवाफी बहस शुक्रबार दिउँसो २ बजेभित्र नै सक्न जिल्ला अदालत काठमाडौँले जनाएको छ ।
जवाफी बहस सकेपछि धरौटीमा छाड्ने अथवा थुनामै राखेर मुद्दा अगाडि बढाउने भन्ने आदेश आउने छ ।




प्रतिक्रिया