अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पत्रकार विमल नेपालको पिपला सार्वजनिक

पत्रकार विमल नेपालको पिपला सार्वजनिक


काठमाडौँ – पत्रकार विमल नेपालको उपन्यास पिपला आज एक कार्यक्रम वीच लोकार्पण गरिएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानमा, काठमाडौमा उक्त उपन्यास लोकार्पण गरिएको हो । साहित्यकारहरु नयनराज पाण्डे, राजकुमार बानियाँ, ज्ञानु भण्डारीले र लेखककी आमाले संयुक्त रुपमा विमोचन गर्नुभएको हो ।

उक्त उपन्यास माथी पाण्डे, बानियाँ र अधिकारीले चर्चा परिपर्चा गर्नुभएको हो । विमोचन पत्रकार राजिव खत्रीले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो । लेखकले उक्त उपन्यास लेख्दाको भोगाइका अनुभव पनि कार्यक्रममा सुनाउनुभएको थियो । उक्त उपन्यास इन्डिगो इन्कले प्रकाशन गरेको हो ।