अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धनगढी उपमहानगरपालिकाको बजेट १ अर्ब ९३ करोड

धनगढी उपमहानगरपालिकाको बजेट १ अर्ब ९३ करोड


धनगढी-कैलालीको धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि १ अर्ब ९३ करोड आठ लाख २४ हजार रुपियाँ बजेट ल्याएको छ। 

उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानाले १० औँ नगर सभामा आगामी आर्थिक वर्षको अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो। उपमहानगरपालिकाले चालुतर्फ १ अर्ब १७ करोड ४४ लाख ९७ हजार रुपियाँ बजेट विनियोजन गरेको छ। यसैगरी, पुँजीगततर्फ ७८ करोड ६५ लाख २७ हजार रुपियाँ बजेट विनियोजन गरेको छ। 

उपमहानगरपालिकाको आयमा आन्तरिकतर्फ ३५ करोड ४३ लाख ३० हजार, राजस्व बाँडफाँटतर्फ ४६ करोड ९७ लाख ९४ हजार रुपियाँ रहेको छ । यसैगरी, सङ्घीय सरकारको अन्तर सरकार वित्तीय हस्तान्तरणतर्फ ९२ करोड ५० लाख, प्रदेश सरकारको अन्तर वित्तीय हस्तान्तरणतर्फ पाँच करोड ३२ लाख १२ हजार रुपियाँ रहेको छ। दायित्व सरिआएको १२ करोड ५० लाख रुपियाँ पनि आयको रूपमा रहेको उपप्रमुख रानाले बताउनुभयो। 

उपमहानगरपालिकाले क्षेत्रगत कार्यक्रम अन्तर्गत आर्थिक विकासतर्फ नौ करोड ६५ लाख ९३ हजार रुपियाँ बजेट विनियोजन गरेको छ। यसैगरी, सामाजिक विकासतर्फ ८५ करोड ३६ लाख पाँच हजार, पूर्वाधार विकासतर्फ ३६ करोड ८३ लाख ७४ हजार, सुशासनतर्फ पाँच करोड ६५ लाख ५५ हजार रुपियाँ बजेट विनियोजन गरिएको छ। यस्तै, कार्यालय सञ्चालनतर्फ ५५ करोड ५६ लाख ९५ हजार रुपियाँ बजेट विनियोजन गरिएको छ।