अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डिशहोम टीभी अब सिधै मोबाइलमा

डिशहोम टीभी अब सिधै मोबाइलमा


काठमाडौं-डिशहोमले अब मोबाइलमा नै टेलिभिजन हेर्न मिल्ने गरी मोबाइल एप ‘डिशहोम गो’ सञ्चालन गरिरहेको छ।

हाल सेट टप बक्समा मात्र सिमित टिभी च्यानलहरुलाई ओटीटी प्रविधि मार्फत कम्पनीले मोबाइल डिभाइसमा उपलव्ध गराएको हो।

१५० भन्दा बढी लाइभ टीभी च्यानलहरु यो एपमा हेर्न सकिन्छ। सात दिन सम्मको क्याचअप सुविधा रहेको यो एपमा टीभीमा प्रशारण भएका कन्टेन्टहरु हेर्न छुटेमा सात दिन अगाडि सम्मको कन्टेन्ट फेरि हेर्न सकिने कम्पनीले जनाएको छ।

डिशहोमले आफ्ना ग्राहकहरुलाई मात्र उपलब्ध गराइरहेको ‘डिशहोम गो मोबाइल एप हाल सम्पूर्ण प्रयोगकर्ता लाई निःशुल्क उपलब्ध गराएको छ।

डिशहोम गो एपमा लाइभ टीभीसँगै स्वदेशी तथा विदेशी चलचित्र, नेपाली भाषामा नागिन, आनन्दी, भाग्य सिन्दूरको जस्ता चर्चित सिरिज, नेपाली सिरिज, कार्टुन र अन्य थुप्रै कन्टेन्टहरु हेर्न सकिन्छ।

ग्राहकलाई थप मनोरञ्जन प्रदान गर्नका लागि कम्पनीले नयाँ नेपाली सिनेमा, सिरिज तथा अन्य कन्टेन्टहरु पनि थप्दै जाने योजना बनाई रहेको कम्पनीले जनाएको छ।

यो एप गुगल प्ले स्टोर वा एप स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ।

Skip This