अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो: अध्यक्ष ओली

राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो: अध्यक्ष ओली


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान मिच्न राष्ट्रपति नै उत्ताउलिएर अगाडि बढेको आरोप लगाउनु भएको छ। 

शुक्रबार किर्तिपुरमा स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार र राष्ट्रपति दुवै संविधान मिच्न लागि परेको बताउनु भएको हो।

 अध्यक्ष ओलीले भन्नुभयो, ‘सम्माननीय राष्ट्रपति ज्यू संविधान मिच्न आफै उत्ताउलिएर अगाडि बढ्नुभयो। उहाँले सत्ताको पक्ष लिनुभयो त्यो दुखद कुरा हो।’

अध्यक्ष ओलीले सरकार लगातार संविधान मिच्न लागिपरेको पनि बताउनु भयो। 

उहाँले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा आक्रोश पोख्नु भयो। उहाँले भन्नुभयो, ‘राष्ट्रपतिबाट संविधानविपरित पोहोर नै मरिसकेको त्यो। राष्ट्रपतिले समयमै हस्ताक्षर नगरेपछि पोहोरै सिद्दिसकेको थियो त्यो, ‘त्यसलाई विधिबाट अगाडि बढाउनुपर्दथ्यो, त्यो गर्न सकिन्थ्यो त्यसमा हामीले भनेका पनि हौ। तर सत्ताउन्माद। गठबजोड, भागबण्डा स्वार्थको। संविधान नमान्ने बलमिच्याई गरेर अस्तित्वमा नरहेको ऐन अहिले प्रमाणीकरण गरिदिनुपर्‍यो।’ सरकार उन्माद, अहंकार र धम्कीको भाषामा लतार्न चाहेको ओलीको भनाइ छ। 

अध्यक्ष ओलीले कोशी प्रदेशमा सरकार गठन गर्न सभामुखको समेत हस्ताक्षर प्रयोग गरिएकोमा आपत्ति जनाउनु भयो ।