काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललिता निवास छानविन प्रकरण ‘पोलिटिकल स्टन्ट’ मात्रै भएको बताउनु भएको छ ।
स्ववियु काउन्सिल नेपालको भेलालाई शुक्रवार काठमाडौंमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले अहिले सरकारले गरिरहेको छानबिन प्रकरण नाटक मात्रै भएको बताउनु भएको हो ।
ओलीले भन्नुभयो, ‘ललिता निवासको जग्गाको छानबिन जुन भनिएको छ त्यो आफू हिरो बन्ने स्टन्टमात्र हो । यसमा गठबन्धनकै मान्छे पर्ने हुन्। हाम्रो पार्टीको कसैको छोराले जमिन किनेको थियो, धनीपुर्जा हेरेर किन्यो होला, सबै प्रक्रिया पुर्यायो होला । अहिले मानौं एमालेकै कोही मान्छे यसमा छ जस्तो प्रचार गरिरहेका छन् । ललिता निवासको दोषी को को हुन् ? कहिलेबाट जफत गरिएका जमिन कांग्रेसीहरुलाई फिर्ता गर्न थालियो ? सरकारले प्रष्ट पारोस् ।
नेकपा एमाले स्वच्छता, पारदर्शिता, कानुनी राज, लोकतान्त्रिक प्रणालीमा विश्वास गर्ने ओलीले बताउनु भयो। उहाँले भन्नुभयो, ‘देशलाई अलमल पार्न अनेक प्रकारका भ्रम फिजाइएको छ।’





प्रतिक्रिया